Section 12
सेवा सुरु भएपछि वातावरणीय परीक्षण गर्ने
(१) मन्त्रालय वा तोकिएको निकायले यस ऐन बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको कार्यान्वयन सुरु गरी सेवा वा वस्तु उत्पादन वा वितरण सुरु गरेको दुई वर्ष भुक्तान भएको मितिले छ महिनाभित्र त्यस्तो प्रस्तावको कार्यान्वयनबाट वातावरणमा परेको प्रतिकूल प्रभाव, त्यस्ता प्रभावलाई कम गर्न अपनाएको उपाय तथा त्यस्तो उपायको प्रभावकारिता र न्यूनीकरण हुन नसकेको वा आँकलन नै नभएको प्रतिकूल प्रभाव उत्पन्न भएकोमा सो समेतको विश्लेषण गरी वातावरणीय परीक्षण प्रतिवेदन अद्यावधिक रुपमा राख्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको वातावरणीय परीक्षण प्रतिवेदन सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी मन्त्रालय वा तोकिएको निकायले आवश्यक अध्ययन गरी वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न अपनाइएको उपाय पर्याप्त भएको नदेखेमा त्यस्तो प्रतिकूल प्रभाव निराकरण वा न्यूनीकरण गर्न प्रस्तावकलाई उपयुक्त आदेश दिन सक्नेछ।

(३) उपदफा (२) बमोजिम मन्त्रालय वा तोकिएको निकायले दिएको आदेश कार्यान्वयन गर्नु प्रस्तावकको कर्तव्य हुनेछ।